
रौतहट, माघ २१ :
आम जनता पार्टी (आजपा) का अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सदस्य प्रभु साहविरूद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । अदालतको अपमान गरेको भन्दै सांसद साहविरुद्ध बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले गत मुद्दा दर्ता गराएका हुन् ।
साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए ।
रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद साहले आफ्ना फेसबुक आइडीबाट ‘न्यायाधीश नेताका झोले कार्यकर्ता’ भनेर टिप्पणी गरेका थिए ।
आजपा अध्यक्ष साह र महासचिव त्रिभुवन साह उपर गत शुक्रबार मुद्दा दर्ता भएको हो । उक्त मुद्दामा आज सुनुवाइ हुँदैछ ।