काठमाडौं, माघ २१ :

नेकपा एकीकृत समाजवादीको निर्धारित सबै बैठक सरेको छ । एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको मिति हेरफेर गरेको हो।

महासचिव घनश्याम भूसालका अनुसार ३० माघदेखि बस्ने तय भएको बैठक फागुनमा सरेको हो । अब फागुन ८ देखि केन्द्रीय कमिटी बैठक बस्नेछ ।

यसअघि तय गरिएको मिति हेरफेर गर्दै फागुन ६ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ।यस्तै पोलिटब्यूरो बैठक  फागुन ९ गते बस्ने भएको छ। 

पार्टीको आन्तरिक तयारीका कारण बैठकको मिति हेरफेर गरिएको नेकपा(एस)ले जनाएको छ ।