काठमाडौं, माघ २१ :

नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट राष्ट्रिय सभा बैठक चलिरहँदा बैठक कक्षमै ढलेका छन् ।  उच्च रक्तचाप र सुगरका कारण उनी बैठकमै ढलेका हुन् ।

संघीय संसद् सचिवालय स्रोतका अनुसार उनी उक्त रक्तचाप र सुगरका बिरामी हुन् ।आज (आइतबार) को बैठकमा बोल्नका लागि उनले नाम समेत टिपाएका थिए । उनको अहिले संसद् भवनभित्रै उपचार भइरहेको छ । सांसद भट्टको स्वास्थ्य स्थिति अहिले सामान्य रहेको छ ।