बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

ज्येष्ठ नागरिकका लागि अझै धेरै गर्न बाँकी छ : उपप्रधानमन्त्री पौडेल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ माघ, २०८१ मा प्रकाशित
ज्येष्ठ नागरिकका लागि अझै धेरै गर्न बाँकी छ  : उपप्रधानमन्त्री पौडेल
बुटवल, माघ २२ :

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार ज्येष्ठ नागरिकको महत्वप्रति सचेत रहेको बताएका छन् ।

रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्र रुपन्देहीको सोमबार दिवा सेवाको लागि अत्याधुनिक भवनको शिलान्यास गर्दै यस्तो बताएका हुन् ।

उनले सरकार ज्येष्ठ नागरिकप्रति सचेत रहेको बताउँदै अहिलेसम्म ज्येष्ठ नागरिकका निम्ति गरेका कुराहरु पर्याप्त नरहेको र अझै धेरै गर्न चाहेको बताए ।

अर्थमन्त्री पौडेलले सोचेर मात्रै नहुने भन्दै त्यसलाई पूरा गर्न परिस्थितिले साथ दिनुपर्ने बताए ।

उपप्रधानमन्त्री पौडेलले भने,’अहिलेको यो सरकार ज्येष्ठ नागरिकप्रति, ज्येष्ठ नागरिकको महत्वप्रति एउटा सचेत सरकार हो । अहिलेसम्म ज्येष्ठ नागरिकका निम्ति जे गरेका छौँ, त्यो पर्याप्त छैन । हामी अझ धेरै गर्न चाहन्छौँ । मैले यहाँ आएर हेरिरहँदा यसो गर्न पाए हुन्थ्यो, त्यसो गर्न पाए हुन्थ्यो भनेर धेरै कुरा मनमा खेले । सोचेका सबै पूरा हुँदैनन् । सोच्न धेरै कुरा सोचिन्छ, गर्नका निम्ति परिस्थितिले साथ दिनुपर्छ । गर्दै जानुपर्छ । सोचेको ठाउँमा पुग्नुपर्छ । हामी तपाईंहरुको आशिर्वाद पाएर, तपाईंको अमूल्य मत पाएर सर्वोच्च जनप्रतिनिधि संस्था, संसदमा पुगेका राजनीतिकर्मीहरुले यहाँहरुको सेवामा आजीवन समर्पित हुनुपर्छ ।’


उनले ज्येष्ठ नागरिकको आशिर्वादले देश विकासमा अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।उपप्रधानमन्त्री पौडेलले ज्येष्ठ नागरिकको महत्वप्रति दृढतापूर्वक उभिने प्रतिवद्धता समेत जनाए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार