बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार विदेश

क्यानडाले बदला लियो भने थप कर लगाइनेछ : ट्रम्प

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ माघ, २०८१ मा प्रकाशित
क्यानडाले बदला लियो भने थप कर लगाइनेछ : ट्रम्प
माघ २२ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले लगाएको करको बदला क्यानडाले लियो भने क्यानडामाथि थप कर लगाउने बताएका छन् ।

अमेरिकाले क्यानडामा २५ प्रतिशत कर लगाएको थियो । त्यसकै जवाफमा क्यानडाले पनि अमेरिकी सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको छ ।

फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘यदि क्यानडाले अमेरिकाले लगाएको करको बदला लियो भने, क्यानडामा थप कर लगाइनेछ ।’

उनले अमेरिकाका उत्तरी छिमेकीहरूले लामो समयदेखि अमेरिकाको अपमान गर्दै आएको बताएका छन् ।

ट्रम्पले भनेका छन्, ‘म क्यानडाका जनतालाई माया गर्छु । म क्यानडाका नेताहरूसँग सहमत छैन, र त्यहाँ केही हुनेवाला छ ।’

क्यानडाले खेल्न चाहेको जुनसुकै खेल खेल्न आफूहरु तयार रहेको अमेरिकी राष्ट्रपति ट्रम्पले जनाएका छन् । उनले भने, ‘यदि उनी खेल खेल्न चाहन्छन् भने मलाई यसमा कुनै समस्या छैन । हामी उनीहरूले खेल्न चाहेको जस्तोसुकै खेलका लागि तयार छौं ।’ -बीबीसी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार