
काठमाडौं, माघ २२ :
राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्यायपरिषद् सदस्यमा नियुक्त गरेका छन् ।
नेपालको संविधानको बमोजिम नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई नियुक्त गरेका हुन् ।
बूढानीलकण्ठ नगरपालिका–४ निवासी खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
आइतबार बसेको संसदीय सुनुवाई समितिको बैठकले खड्काको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो ।