
नाडाले आफनो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ ।
नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा वाडाका नवनिर्वाचित अध्यक्ष दीपेन्द्र कोइरालाले पोखरामा पहिलोपटक वाडा अटो शो आयोजना गर्न नाडाकातर्फबाट आवश्यक सहयोगको लागि औपचारिक रुपमा आग्रह गरेका थिए । भेटघाट तथा छलफल कार्यक्रममा उक्त अटो शोको सम्भाव्यता र त्यसको मोडालिटिका सम्बन्धमा विस्तृत रुपमा छलफल गरिएको थियो ।
छलफलमा यही २०८१ चैत १३ देखि १७ सम्म पोखरामा वाडा अटो शो आयोजना गर्ने र त्यसका लागि तत्कालै सम्भाव्यता अध्ययन गरी त्यसको सर्वे रिपोर्टका आधारमा अन्य कार्यहरुलाई अघि बढाउने निर्णय गरेको सन्दर्भमा नाडाले मूख्य सल्लाहकारको भूमिका निर्वाह गर्नेछ ।
छलफलमा नाडाका अध्यक्ष चौधरीले वाडाका अध्यक्ष कोइरालालाई शुभकामना थिए । भेटघाट तथा छलफल कार्यक्रमको सञ्चालन नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले गरेका थिए भने धन्यवाद ज्ञापन नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले गरेका थिए ।
नाडाले सन् १९९८ देखि नाडा अटो शो हरेक बर्ष राजधानीमा आयोजना गर्दै आएको सन्दर्भमा १६औं संस्करणको नाडा अटो शो २०२४ समेत गत भदौमा भृकुटीमण्डपमा सम्पन्न गरेको थियो । यसैक्रममा नाडाले अन्य प्रदेशहरुमा पनि अटो शो आयोजनाका लागि सम्भाव्यता अध्ययन गर्नेछ ।
कार्यक्रममा नाडाकातर्फबाट निवर्तमान अध्यक्ष ध्रुव थापा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्यसमिति सदस्यद्वय कपिल शिवाकोटी, मेघराज पौडेल, दीपेन्द्रकुमार मिश्रा, सौरभ थापा, अभिक ज्योति, आमन्त्रित सदस्यद्वय अनुपकुमार बराल, नवीनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश सिग्देल र प्रगुन राजभण्डारीको पनि उपस्थिति थियो ।
त्यसैगरी कार्यक्रममा वाडाकातर्फबाट वरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठ, उपाध्यक्ष निरन केसी, महासचिव विनय थापा, कोषाध्यक्ष अशोक चालिसे, सचिव दीपेन्द्र भण्डारी, कार्यसमिति सदस्यद्वय शिवओम बराल, प्रतीक सुवेदी, हरि तिवारी र कार्यालय सचिव गोविन्द पौडेलको उपस्थिति थियो ।