बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

सरकार र ‘नो केबुलकार’पक्षबीच वार्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ माघ, २०८१ मा प्रकाशित
सरकार र ‘नो केबुलकार’पक्षबीच वार्ता
ललितपुर, माघ २२ :

सरकार र ‘नो केबुलकार’पक्षबीच वार्ता सुरु भएको छ । ताप्लेजुङमा केबुलकार निर्माणलाई लिएर उत्पन्न विवादपछि गठित सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच पहिलो पटक वार्ता भएको हो ।

कुपन्डोलस्थित होटल हिमालय दुवै पक्षबीच वार्तामा भईरहेको  सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले बताएका छन् । 

यसअघि ‘नो केबुलकार’ले कर्मचारीको नेतृत्वमा गठित वार्ता समितिले समस्यालाई तार्किक निष्कर्षमा पुर्‍याउन नसक्ने भन्दै अस्वीकार गरेको थियो ।

गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव महेन्द्रकुमार सापकोटा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव राकेश गुरुङ र शहरी विकास मन्त्रालयका उपसचिव झपटसिंह विश्वकर्मा छन् ।

यस्तै प्राज्ञ अमर तुम्याहाङले नेतृत्व गरेको ‘नो केबुलकार’ पक्षबाट वार्ता टोलीमा अधिवक्ता शङ्कर लिम्बू, राम मादेन, सरस्वता सिंगक रहेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार