बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति प्रदेश बागमती प्रदेश

बागमतीका सभामुखले बोलाए सर्वदलीय बैठक 

· मंगलबार, २३ माघ, २०८१ मा प्रकाशित
बागमतीका सभामुखले बोलाए सर्वदलीय बैठक 
बागमती, माघ २३ :

भोलि बुधबार बोलाइएको बागमती प्रदेशसभा बैठकलाई सहज बनाउने र दलहरूबीच सहमति कायम गर्ने उद्देश्यसहित सभामुख भुवनकुमार पाठकको आह्वानमा आज दिउँसो ३ बजे सर्वदलीय बैठक बस्ने भएको छ ।

प्रदेशसभाको हिउँदे अधिवेशन यही माघ १८ गते मात्र सुरु भएको थियो । उक्त बैठकमा तीनवटा विधेयक पेस गर्ने भनिए पनि दलहरूबीच विशेषगरी बजेट कार्यान्वयनका विषयमा सहमति नजुट्दा विधेयक पेस हुन सकेनन् । यही कारण आगामी बैठकलाई प्रभावकारी बनाउन सभामुख पाठकले सर्वदलीय छलफलको पहल गरेको जनाइएको छ ।

सत्तापक्षमा रहेका नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले अघि सारेका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । 

प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तथा अन्य दलहरूले बजेट खर्चको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्नुपर्ने माग अघि सारेका छन् । यी विषयमा दलहरूबीच थप छलफल आवश्यक रहेको जनाउँदै सभामुखले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

आजको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेमा भोलि बस्ने बैठकमा विधेयक प्रस्तुत गर्ने र अन्य महत्त्वपूर्ण विषयमा छलफल गर्ने मार्गप्रशस्त हुने जनाइएको छ । 

संसदीय प्रक्रियालाई प्रभावकारी बनाउँदै प्रदेशसभालाई नियमित सञ्चालन गर्ने उद्देश्यले सभामुख पाठकले सबै दललाई संवादका लागि आह्वान गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार