काठमाडौं, माघ २३ :

बेलायतकी राजकुमारी सोफिया मंगलबार नेपाल आइपुगेकी छन्। उनी म‌ंगलबार बिहान काठमाडौं आइपुगेकी हुन्। करिब एक साताको निजी भ्रमणका लागि उनी नेपाल आएकी हुन् ।

राजकुमार एडवार्ड पनि आजै काठमाडौं आइपुग्ने तयारी छ। आइतबारदेखि भारत भ्रमणमा रहेका राजकुमार एडवार्ड दिल्लीबाट सिधै काठमाडौं आइपुग्ने छन् । राजकुमारी सोफिया भने लन्डनबाट सिधै काठमाडौं आइपुगेकी हुन्।

एडवार्ड नयाँदिल्लीबाट काठमाडौं उत्रेलगत्तै मंगलबार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता तय भएको छ।