बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

प्रचण्डको स्वीकार- जनताको माया पचाउन नसक्दा पार्टी कमजोर बन्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ माघ, २०८१ मा प्रकाशित
प्रचण्डको स्वीकार- जनताको माया पचाउन नसक्दा पार्टी कमजोर बन्यो
म्याग्दी, माघ २३ :

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई आफ्नै वर्ग र समुदायमा फर्काउने अभियानको शुरुआत गरेको जानकारी दिएका छन्।

म्याग्दीको बेनीमा मंगलबार आयोजित  खबरदारी सभामा बोल्दै उनले पार्टीले केही समयदेखि जनताको कडा आलोचनासँग जुध्नु परेको स्वीकार गरे।

उनले माओवादी केन्द्रले नेपालको राजनीतिक परिवर्तनमा ऐतिहासिक भूमिका निभाएको र अब जनताको तागतसँगै नयाँ सन्देश र उद्देश्यका साथ अघि बढ्ने बताए। जनताको माया पचाउन नसक्दा पार्टी कमजोर बन्न पुगेको उनको भनाइ थियो ।

अध्यक्ष दाहालले माओवादीको ऐतिहासिक संघर्ष र सरकारका कामहरूको पनि चर्चा गरे। उनले २०६४ सालको जनमत र त्यसको प्रभावले माओवादीलाई नयाँ दिशा दिन महत्वपूर्ण भूमिका निभाएको उल्लेख गरे। साथै, आफ्नो तेस्रो कार्यकालमा भ्रष्टाचार विरुद्ध ऐतिहासिक अभियानको सुरुवात गरेको र सरकारमा सुधार ल्याउनका लागि कडा कदम उठाएको पनि उनले बताए।

अन्तर्राष्ट्रिय क्षेत्रका विषयमा, दाहालले नेपालको असंलग्न परराष्ट्र नीति सुदृढ बनाउन भारत र चीनसँग भएका ऐतिहासिक सम्झौताबारे पनि चर्चा गरे। उनले भारतसँग विद्युत आपूर्ति र सिमा समस्याका समाधानमा सकारात्मक प्रगति भएको र चीनसँग नाका खोल्ने समझदारीमा हस्ताक्षर गरेर व्यापार र आवागमनका लागि नयाँ मार्ग खोलिएको बताए।

पूर्वप्रधानमन्त्री  दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘फटाहा’को संज्ञा  यस्तो प्रधानमन्त्री भएको देशले सुख नपाउने समेत बताए।

नेपाली कांग्रेस र नेकपा एमालेले गत असारमा गरेको ७ बुँदे सहमतिप्रति टिप्पणी गर्दै उनले यो सरकार दलाल र बिचौलियाले बनाएको समेत जिकिर गरे।

उनले सरकारको कार्यशैलीलाई आलोचना गर्दै भने, “यो सरकार संविधान र लोकतन्त्रको विपरीत छ। यसले जनतामा निरंकुशता र भ्रष्टाचारको वातावरण सिर्जना गरेको छ।”

पार्टीको आगामी योजनामा जनताको सेवामा जुट्ने प्रतिबद्धता व्यक्त गर्दै, ‘अब माओवादी पार्टी हरेक तहमा जनताको सेवा गर्दै समाजवादको अभ्यास गर्ने नीति अपनाउने छ उनले भने।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार