बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार

ओमानबाट पनि श्रम स्वीकृति दिन सुरु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ माघ, २०८१ मा प्रकाशित
ओमानबाट पनि श्रम स्वीकृति दिन सुरु
फोटो : नेपाली राजदूतावास, ओमान
काठमाडौँ, माघ २४ :

विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो । 

गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट- कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएका दूतावासले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । 

विभिन्न माध्यमबाट ओमान पुगेका तर श्रम स्वीकृति नभएका नेपालीलाई राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले संयुक्त रुपमा श्रम स्वीकृति प्रदान गरेका हुन् । 

त्यस अवसरमा राजदूत अर्यालले नेपाली श्रमिकहरूको हकहित संरक्षणको लागि हरेक किसिमको सहयोग गर्न तत्पर रहेको बताए भने 
महानिर्देशक खत्रीले श्रम स्वीकृति बिना विदेश आउँदा हुने समस्याबारे सचेत गराएको विज्ञप्तिमा उल्लेख छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार