‘रियलस्टेट’ व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल सिजन ७ को उपाधि प्राप्त गरेकी छिन् ।
सिजन मिडियाले मङ्गबार साँझ आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दे उनले उपाधि हासिल गरिन् ।
त्यसैगरि फस्ट रनरअप करुना विक, सेकेन्ड रनरअप रिन्जु कुसवाह, थर्ड रनरअप सिवानी मित्र, फोर्थ रनरअप उर्मीला कनौजिया मगिया र अर्गनाइजर च्वाइस अन्जु क्षेत्री घोषित भए ।
प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगीताले विवाहित महिलाको सौन्दर्यका साथै आन्तरिक क्षमता, आत्मविश्वास वृद्धिमा बल पुग्ने विश्वास व्यक्त गरिन् ।
उपाधि विजेता वर्षा कुँवर
फोटो : प्रदीपराज वन्त
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।