सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा#अनुकूलन कोष#महत्त्वपूर्ण उपलब्धि #बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा#अनुकूलन कोष#महत्त्वपूर्ण उपलब्धि
कर्पोरेट सेयर बजार

सीवाईसीको नाफमा आकर्षक वृद्धि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ माघ, २०८१ मा प्रकाशित
सीवाईसीको नाफमा आकर्षक वृद्धि
काठमाडौं, माघ २४ :

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आव ०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खुद नाफासँगै प्रमुख सूचक सबै बढेका छन् । यस अवधिमा खुद नाफा एक सय चार दशमलव ५९ प्रतिशतले बढेर चार करोड ३१ लख ६२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा संस्थाले दुई करोड १० लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो । साथै, इम्पेयरमेन्ट चार्ज रिभर्सल हुँदा पनि यसको नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी ३२ प्रतिशतले बढेर १७ करोड ४० लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा एक सय ३७ दशमलव ५७ प्रतिशतले बढेर पाँच करोड ९३ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

इम्पेयरमेन्ट चार्ज दुई करोड ५३ लाख ९६ हजार रुपैयाँ रिभर्सल भएको छ । चुक्ता पुँजी २६ करोड ६४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ दुई सय ५१ रुपैयाँ ७४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको कार्यक्षेत्र विस्तार गर्न स्वीकृति प्राप्त यस वित्तीय संस्थाले ७७ जिल्लामा एक सय २४ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । आगामी दिनहरुमा पनि कार्यक्रम विस्तार गर्दा लघुवित्त सेवाको पहुँच नपुगेका दुर्गम स्थानीय तहहरुलाई प्राथमिकतामा राखेर काम गरेको छ ।

संस्थाले कुल एक लाख २२ हजार सात सय ९७ विपन्न वर्गका घर परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालयहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । कर्मचारीहरुको दक्षता अभिवृद्धि गरी कार्यकुशलतामा अभिृवृद्धि गर्न, उत्पादकत्वलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न कर्मचारीहरुलाई आवश्यक पर्ने तालिम तथा सेमिनारमा संलग्न गराई क्षमता अभिवृद्धि गरी सन्तुष्ट सदस्य नै संस्थाको दिगो विज्ञापनको आधारलाई कार्यान्वयन गरिने प्रमुख कार्यकारी अधिकृत डोलिन्द्रप्रसाद शर्माले बताए ।

साथै, आगामी दिनहरुमा लघुवित्तको कारोबारलाई कर्जा, बचत र रेमिट्यान्स सुविधाहरुमा मात्र सीमित नगरी समयानुकूल ग्राहकको बदलिँदो चाहनालाई दृष्टिगत गरी संस्थाले उपलब्ध गराउदै आएको सेवा सुविधामा थप परिष्कृत गर्दै लैजान संस्थाले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार