बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

जसपा नेपालको संसदीय दलको बैठक बस्दै, अध्यादेशबारे निर्णय गर्ने

· बिहीबार, २५ माघ, २०८१ मा प्रकाशित
जसपा नेपालको संसदीय दलको बैठक बस्दै, अध्यादेशबारे निर्णय गर्ने
माघ २५ :

जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ : ३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने छ ।

बैठकले सरकारले ल्याएको अध्यादेशलाई समर्थन गर्ने कि नगर्ने भन्ने आधिकारिक निर्णय गर्ने जसपा नेपालका सांसद राजकिशोर यादवले जानकारी दिए ।

जसपा नेपालले अध्यादेशबारे अध्ययन, छलफल तथा विश्लेषण गरी पार्टीको धारणा बनाउन सुझाव दिन यादवको  संयोजकत्वमा मृगेन्द्रकुमार सिंह यादव, खालिद सिद्धिकी, मनिष सुमन र शैलेन्द्र प्रसाद साह सदस्य रहनेगरी कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलले अध्यादेशबारे आज दलका नेता उपेन्द्र यादवलाई सुझाव बुझाउदै छ ।

सुझावका आधारमा संसदीय दलको बैठकमा छलफल गरी आधिकारिक निर्णय गर्ने जसपा नेपालले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार