बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
कर्पोरेट

बससेवाको भ्यालेन्टाइन अफर, हरेक टिकटमा ५०० रुपैयाँसम्म छुट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ माघ, २०८१ मा प्रकाशित
बससेवाको भ्यालेन्टाइन अफर, हरेक टिकटमा ५०० रुपैयाँसम्म छुट
काठमाडौं, माघ २६ :

मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरु गरेको छ ।

देशका विभिन्न गन्तव्यमा जाने यात्रुलाई टिकट काट्दा ५०० रुपैयाँसम्मको छुट दिने अफर सुरु गरिएको बससेवाले जनाएको छ । ‘भ्यालेन्टाइन डेमा बससेवाको अफर, भारी छुटमा घुम्न जाउँ सरर’ भन्ने स्लोगनसहित सुरु भएको अफरमा देशभरका जोकोही पनि सहभागी हुन सक्नेछन् ।

अनलाइनमार्फत बसको टिकट काट्नेहरूको संख्या बढिरहेको अवस्थामा जोखिमरहित र झन्झटरहित तरिकाले घरैबाट टिकट काट्न यात्रुलाई अभ्यस्त बनाउन यस्तो अफर ल्याइएको बससेवाले जनाएको छ ।

माघ २४ गते बिहीबारदेखि सुरु भएको अफर आगामी फागुन १० गतेसम्म सञ्चालन हुने बससेवाले जनाएको छ । बससेवाले आफ्नो मोबाइल एप तथा वेबसाइटबाट टिकट काट्ने यात्रुलाई अफरको सूचीअनुसार छुट उपलब्ध गराउनेछ । प्रयोगकर्ताले वेबसाइट तथा मोबाइल एपमा अफर संलग्न गरिएको टिकट खरिद गरी छुट पाउने बससेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बससेवाका अनुसार लामो दूरीको टिकट काट्नेहरूले ५०० रुपैयाँ छुटमा सिधै टिकट काट्न सक्छन् । त्यसैगरी छोटो दूरी वा न्यूनतम ९०० रुपैयाँको टिकट काट्नेले ३०० रुपैयाँ छुट पाउनेछन् । चितवनभन्दा छोटो दूरीको टिकट काट्ने वा ९०० रुपैयाँभन्दा कम मूल्यको टिकट काट्नेको हकमा भने यो अफर लागु हुनेछैन ।

स्तरीय र नियमित सञ्चालन हुने बसहरूमा यो अफर सञ्चालन गरिने भएकाले यात्रुहरूलाई सहज हुने बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले बताए । उनका अनुसार फागुन १० गतेसम्ममा यात्रा गर्नेगरी बुक हुने सबै टिकटमा छुट उपलब्ध हुनेछ । अहिले बससेवाबाट बढीमा २ हजार ८०० रुपैयाँसम्ममा देशका सबै गन्तव्यको टिकट काट्न सकिन्छ ।

बससेवाले सडकमा सवारी चापको समस्यालाई ध्यानमा राखेर यात्रु व्यवस्थापनका लागि काठमाडौंको कलंकीमा प्यासेन्जर लाउन्ज सञ्चालनमा ल्याइसकेको छ । बससेवाबाट टिकट काटेका यात्रुले कुनै पनि गन्तव्यमा जानका लागि सो लाउन्जबाट सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।

बससेवामा ५०० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् । उल्लेखित समिति तथा कम्पनीहरूका हजारौँ संख्याका बसका लाखौँ टिकट अनलाइनमार्फत खरिद गर्न सकिने बससेवाले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार