
काठमाडौं, माघ २६ :
बालयौन दुरुपयोगको मुद्दामा कृषिविज्ञ मदन राईलाई अदालतले साढे २ वर्ष कैद तोकेको छ ।
खोटाङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले गत बिहीबार राईलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आज (शुक्रबार) पेसी तोकेको थियो । आज उनलाई साढे २ वर्ष कैदको फैसला सुनाइएको हो ।
साथै एक लाख रुपैयाँ जरिवाना र डेढ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउन पनि फैसलामा भनिएको छ ।
२०८० जेठ २१ गते उनीविरुद्ध बालयौन दुरुपयोगको अभियोगमा मुद्दा दर्ता भएको थियो । त्यतिबेला उनी ४ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । राईले बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग), (ङ) अन्तर्गतको कसुर गरेको आरोप छ ।