बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार

कानुन व्यवसायी परिषद् बागमतीको पार्षदमा रविनारायण खनाल विजयी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ माघ, २०८१ मा प्रकाशित
कानुन व्यवसायी परिषद् बागमतीको पार्षदमा रविनारायण खनाल विजयी
काठमाडौँ, माघ २८ :

कानुन व्यवसायीको अनुगमन र नियमन गर्ने संस्था नेपाल कानुन व्यवसायी परिषद्को बागमती प्रदेश पार्षदमा वरिष्ठ अधिवक्ता रविनारायण खनाल विजयी भएका छन् ।

परिषद्को बागमती प्रदेशको पार्षदका लागि प्रगतिशील, पेसागत, देशभक्त र समावेशी समूहका साझा उम्मेदवार वरिष्ठ अधिवक्ता खनालले दुई हजार चार सय ४९ मत ल्याएर विजयी भएको बागमती प्रदेशको निर्वाचन समन्वय समितिका प्रमुख वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले जानकारी दिइन् ।

अर्का उम्मेदवार नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसनका वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालाले एक हजार आठ सय ४२ मत प्राप्त गरे ।

त्यस्तै, कोशी प्रदेश पार्षदमा राजु ढकाल, मधेसमा सञ्जीवकुमार मल्लिक, गण्डकीमा दयाराम गौतम, लुम्बिनीमा ईश्वरीप्रसाद ज्ञवाली, कर्णालीमा मातृकाप्रसाद खनाल र सुदुरपश्चिम प्रदेशमा टेकबहादुर कठायत विजयी भएका छन् ।

सातै प्रदेशमा शनिबार मतदान भएको थियाे । परिषद्को ऐन, २०५० मा प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताहरूको निर्वाचनमण्डलबाट एक जनाका हिसाबले सात प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्षदहरूको चयन गर्नुपर्ने व्यवस्थाअनुसार परिषद्को पार्षदको निर्वाचन भएको हो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार