बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

मन्त्रिपरिषद्‍ बैठक बालुवाटारमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ माघ, २०८१ मा प्रकाशित
मन्त्रिपरिषद्‍ बैठक बालुवाटारमा
काठमाडौं, माघ २९ :

मन्त्रिपरिषद्को बैठक अहिले जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा  अध्यादेशहरुलाई कसरी पारित गराउने भन्ने लगायत सरकारको नियमित काम कारबाहीका बारेमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

राष्ट्रिय सभामा दुई तिहाइ बहुमत नपुग्दा सरकारले ल्याएका अध्यादेशहरु निर्णयार्थ पेस गर्न सकिरहेको छैन । अध्यादेश पारित गर्न सत्तारूढ दललाई प्रतिनिधिसभामा कुनै समस्या नभए पनि राष्ट्रिय सभामा भने समस्या देखिएको छ ।

प्रतिनिधिसभा बैठकबाट अध्यादेश बहुमतले पारित भए पनि राष्ट्रिय सभा बैठकबाट पारित हुन साना दलको समर्थन आवश्यक छ । जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सहितका दलको साथ आवश्यक छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि ३० सांसदको समर्थन आवश्यक छ । राष्ट्रिय सभामा सत्ता पक्षका कांग्रेसका १६, एमालेका १०, मनोनीत २ र लोसपाका १ गरी २९ सांसद छन् ।

विपक्षमा माओवादीका १७, एकीकृत समाजवादीका ८ र राष्ट्रिय जनमोर्चाका १ सांसद गरी २६ जना छन् । जसपाका ३ सांसद रहेका छन् । नेकपा राष्ट्रिय एकता अभियानका १ (वामदेव गौतम) सांसद छन् । राष्ट्रिय सभाबाट अध्यादेश पारित गर्नका लागि जसपाका ३ सांसद निर्णायक देखिन्छ ।तसर्थ अध्यादेशका लागि सत्तारूढ कांग्रेस र एमालेले जसपा अध्यक्ष उपेन्द्र यादवलाई फकाउँदै छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार