मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले भ्रष्टाचार निवारण संशोधन विधेयक पेस गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० माघ, २०८१ मा प्रकाशित
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले भ्रष्टाचार निवारण संशोधन विधेयक पेस गर्ने
काठमाडौँ, माघ ३० :

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।

दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, प्रधानमन्त्रीले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । मन्त्री भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ पनि प्रस्तुत गर्ने  कार्यसूची रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार