बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
प्रदेश सुदूरपश्चिम प्रदेश

घोडाघोडीका विपन्न समुदायलाई नयाँ घर हस्तान्तरण 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० माघ, २०८१ मा प्रकाशित
घोडाघोडीका विपन्न समुदायलाई नयाँ घर हस्तान्तरण 
कैलाली, माघ ३० :

घोडाघोडी नगरपालिकामा विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरेर सीमान्तकृत समुदायलाई हस्तान्तरण गरिएका छन् । 

घोडाघोडीको वडा नं ४ सिम्थरीमा छ र वडा नं ९ गोदनीमा छ वटा आवास निर्माण गरिएका हुन् । 

नगरप्रमुख खडकबहादुर रावतले नव निर्मित घर ती समुदायलाई सोमबार हस्तान्तरण गर्दै पालिकाभित्रका सबै वडामा सीमान्तकृत वर्गलाई सुरक्षित आवास बनाउने योजना रहेको जानकारी दिए ।

ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क र घोडाघोडी नगरपालिकाको लागत साझेदारीमा उक्त घर निर्माण गरिएका हुन् । सुरक्षित आवासमा दुईवटा पक्की कोठा र एक शौचालय रहेको छ ।  

घोडाघोडी नगरपालिकाको ४२ लाख, ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क नेपालको २४ लाख र जनश्रमदान नौ लाख पाँच हजार पाँच सय दुई रुपैयाँ लागत साझेदारीमा सुरक्षित आवास निर्माण गरिएको हो ।

वडाहरूको सिफारिसमा आवासविहीन सीमान्तकृत वर्गलाई लागत साझेदारीमा घोडाघोडीले सुरक्षित आवास निर्माण गरिदिएको हो । यसअघि पालिकाले वडा नं ३ सृष्टिनगर मुक्त कमैया बस्तीका नागरिकलाई १२ सुरक्षित आवास हस्तान्तरण गरिसकेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार