मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार

वार्ता समिति बनाउन छलफल गर्दै स्वर्गद्वारी गुठीपीडित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १ फागुन, २०८१ मा प्रकाशित
वार्ता समिति बनाउन छलफल गर्दै स्वर्गद्वारी गुठीपीडित
काठमाडौं, फागुन १ :

आन्दोलनरत स्वर्गद्वारी गुठीपीडितहरू सरकारसँग वार्तामा बस्नुअघि छलफलमा जुटेका छन् । सरकारले उनीहरुलाई वार्तामा बोलाएपछि कसरी प्रस्तुत हुने लगायतकाबारेमा आन्तरिक छलफलमा छन्।

छलफल गरेर वार्ता समिति गठन गर्ने संघर्ष समितिका प्रविन दहित थारुले जानकारी दिए।वार्तामा कोको जाने भनेर तय हुनेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार स्वर्गद्वारी गुठीपीडित मोही किसान सङ्घर्ष समितिलाई वार्ताका लागि आह्वान गरेको थियो। 

गुठीपीडितसँग छलफल गर्न सरकारले तीन सदस्यीय वार्ता समिति समेत गठन गरिसकेको छ।सरकारले गठन गरेको वार्ता समितिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव मदन कोइराला, उपसचिव महेन्द्रप्रसाद साँखी र गुठी संस्थानका कानुन अधिकृत जनक पोखरेल रहेका छन्।

स्वर्गद्वारी गुठीपीडितहरू माघ २० गतेदेखि काठमाडौँको माइतीघरमा आन्दोलनरत रहेका छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार