बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
समाचार भिडियो

मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहलका सरकारी कार्यालयहरु डुबानमा, सडक जलमग्न [भिडियो/तस्बिरसहित]

खानेपानी आपूर्ति प्रभावित
दिलमन्यु सिल्वाल · बुधबार, १ फागुन, २०८१ मा प्रकाशित
मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहलका सरकारी कार्यालयहरु डुबानमा, सडक जलमग्न [भिडियो/तस्बिरसहित]
काठमाडौं, फागुन १ :

काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ। पाइप फुटेपछि आसपासका सरकारी कार्यालयहरू डुबानमा परेका छन् । विशेष अदालत, काठमाडौं जिल्ला अदालत, वन परिसर लगायतका महत्त्वपूर्ण सरकारी कार्यालयहरु डुबानमा परेका छन्। कार्यालय नै डुबानमा परेपछि कर्मचारीहरुलाई बाहिर निस्कन समेत समस्या भएको थियो ।

मेलम्ची खानेपानी परियोजना कार्यान्वयन इकाईका प्रमुख टीका चौधरीका अनुसार नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा काठमाडौं जिल्ला अदालतको अगाडि मेलम्चीको पाइप फुटेको हो । पाइप फुट्नाले काठमाडौंको खानेपानी आपूर्ति प्रणालीमा समेत असर परेको छ।

पाइप फुटेपछि पानी वितरण गर्ने भल्ब बन्द गरी पाइप सफा गर्नेकाम (वास आउट) भइरहेको छ ।नेपाल प्रहरी र काठमाडौं महानगर प्रहरीको टोली घटनास्थलमा सक्रिय रूपले खटिएका छन्। बबरमहल क्षेत्रमा पानीको निकासी र पुनः व्यवस्थित गर्ने कार्य जारी रहेको छ।

मुख्य सडकमा फुटेको पाइपलाइनको मर्मत कार्यलाई छिटो र प्रभावकारी रूपमा अघि बढाउनु पर्छ। दैनिक सयौं सवारी साधन आवतजावत गर्ने सडकलाई छिटो मर्मत नगरिदा ट्राफिक जामको स्थिति आउन सक्छ ।

राजधानीका सडकमा बिछयाउँदा खानेपानीको पाइप धेरै जसो स्थानमा लिक हुने समस्या छ। खानेपानीको चुहावट हुने यस्ता घटना हुन नदिन सुरुवात देखिनै ध्यान दिन आवश्यक छ। सम्बन्धित इन्जिनियरहरुले यस्ता कामहरु कामदारको भरमा छाड्दा यस्तो समस्या देखिने गरेको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार