बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

हाइड्रोजन बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

· शनिबार, ४ फागुन, २०८१ मा प्रकाशित
हाइड्रोजन बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते
काठमाडाैं, फागुन ४ :

पोखरामा हाइड्रोजन बेलुन पड्किँदा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन्।

पोखरा प्रदर्शनी केन्द्रमा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा समारोहका क्रममा यो घटना भएको हो। बेलुन उडाउने क्रममा दीप प्रज्वलन गरिएको पानस नजिकै भएपछि हाइड्रोजन भरिएको बेलुन विस्फोट भएको बताइएको छ।

विस्फोटका कारण अर्थमन्त्री पौडेल र मेयर आचार्यको टाउकोमा आगो परेको थियो। मेयर आचार्यको देब्रे गाला र कपाल डढेको छ भने अर्थमन्त्री पौडेलको कपाल डढ्नुका साथै कानबाट रगत बगेको छ। 

उनीहरुलाई उपचारार्थ हेलिकप्टरबाट काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको छ ।अर्थमन्त्रीका प्रेसविज्ञ भुवन केसीका अनुसार मन्त्री पौडेल र मेयर आचार्यलाई  सिम्रिक एयरको हेलिकप्टरबाट  काठमाडौं ल्याइएको हो । घाइते दुबैजनालाई सुरुमा उपचारका लागि पोखराको फिस्टेल अस्पताल गैरापाटन लगिएको थियो। उनीहरूको अवस्था थाहा हुन सकेको छैन।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार