बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

अर्थमन्त्री पौडेल र मेयर आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचार हुँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ४ फागुन, २०८१ मा प्रकाशित
अर्थमन्त्री पौडेल र मेयर आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचार हुँदै
काठमाडाैं, फागुन ४ :

हाइड्रोजन बेलुन फुटेर घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको काठमाडौंमा उपचार सुरु भएको छ ।

 अर्थमन्त्री  पौडेल र मेयरआचार्यको काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ।प्रारम्भिक मूल्यांकनअनुसार ५-६% शरीर जलेको छ, तर अनुहारमा चोट लागेकोले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावनाका कारण उच्च निगरानीमा उपचार भइरहेको छ।

डा. विशाल कार्कीका अनुसार दुवैको अवस्था हाल सामान्य छ, तर पोलेको घाउ गहिरोमा परिणत हुने खतरा भएकाले पहिलो ४८ घण्टा आईसीयूमा राखेर निगरानी गरिनेछ। पूर्ण रूपमा घाउ गहिरो हुने/नहुने अवस्था ३-४ दिनपछि थाहा हुने उनले बताए।

उनीहरूको उपचारमा प्रा. डा. बीडी झा, डा. प्रवीण गिरी, जलन विशेषज्ञ डा. शंकरमान राई, डा. विशाल कार्की, डा. मनीष यादव, आकस्मिक उपचार टोली र नर्सिङ टोली संलग्न छन्।

अर्थमन्त्री पौडेलको हातमा र मेयर आचार्यको अनुहारको केही भाग जलेको छ ।‘पोखरा भ्रमण वर्ष’ उद्घाटन गर्ने क्रममा शनिबार नजिकै बालिएको दियो बेलुनमा सल्केपछि फुटेर आगो लाग्दा जलेर दुवै घाइते भएका हुन्।

उनीहरुलाई पोखरामा प्राथमिक उपचारपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

Finance Minister Paudel and Mayor Acharya treated in ICU of Kirtipur Hospital

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार