सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा#अनुकूलन कोष#महत्त्वपूर्ण उपलब्धि #बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा#अनुकूलन कोष#महत्त्वपूर्ण उपलब्धि
अर्थतन्त्र सेयर बजार

पहिलो कारोबार दिनमा १९ अंकले बढ्यो नेप्से, ९ अर्ब ४७ करोडको कारोबार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ५ फागुन, २०८१ मा प्रकाशित
पहिलो कारोबार दिनमा १९ अंकले बढ्यो नेप्से, ९ अर्ब ४७ करोडको कारोबार
काठमाडौं, फागुन ५ :

साताको पहिलो कारोबार दिन आइतबार नेप्से उकालो लागेको छ । नेप्से परिसूचक आज १९ दशमलव ५६ अंकले बढेर २६ सय ९८ दशमलव शून्य तीन अंकमा पुगेको छ ।

यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५४ अंकले बढेर चार सय ५३ दशमलव ४२ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय नौ कम्पनीको ९६ हजार दुई सय ८२ पटकको कारोबारमा दुई करोड नौ लाख ८४ हजार चार सय ४० कित्ता सेयर खरिद-बिक्री भएको छ । जसअनुसार कुल कारोबार रकम नौ अर्ब ४७ करोड तीन लाख आठ हजार दुई सय ६६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा निर्जीवन बिमा समूहको सूचक एक सय ६५ दशमलव ९० अंकले घटेर १२ हजार ६ सय ९८ दशमलव शून्य ६ अंकमा झरेकामा सामूहिक लगानी कोष समूहको सूचक पनि शून्य दशमलव शून्य दुई अंकले घटेको छ । यीबाहेक बाँकी समूहहरुको सूचक भने बढेका छन् ।

जसमध्ये वाणिज्य बैंक समूहको सूचक १३ दशमलव २१ अंकले बढेर १३ सय ५८ दशमलव ४२ अंकमा चढेकामा विकास बैंक समूहको सूचक पनि पाँच दशमलव १० अंकले बढेर पाँच हजार सात सय ९६ दशमलव ५६ अंकमा चढेको छ ।

फाइनान्स समूहको सूचक पनि एक सय ३८ दशमलव २४ अंकले बढेर दुई हजार नौ सय ३३ दशमलव ९२ अंकमा चढेकामा जलविद्युत् समूहको सूचक पनि १३ दशमलव ७४ अंकले बढेर तीन हजार आठ सय ११ दशमलव ८७ अंकमा चढेको छ ।

जीवन बिमा समूहको सूचक पनि ५० दशमलव ८४ अंकले बढेर १३ हजार ७० दशमलव ३० अंकमा चढेकामा होटेल तथा पर्यटन, लगानी, उत्पादमूलक, लघुवित्त, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः एक सय २९ दशमलव २८, एक दशमलव २६, १४ दशमलव १६, ९५ दशमलव ७४, आठ दशमलव शून्य तीन र ११ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा विन लघुवित्त वित्तीय संस्था परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा ङादी ग्रुप पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड परेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार