बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

प्रभु साहको प्रश्नमा किन रिसाए प्रधानमन्त्री ?

प्रधानमन्त्रीले प्रश्नोत्तर कार्यक्रमको समेत धज्जी उडाइदिनुभयो : प्रभु साह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ५ फागुन, २०८१ मा प्रकाशित
प्रभु साहको प्रश्नमा किन रिसाए प्रधानमन्त्री ?
काठमाडौं, फागुन ५ :

प्रनिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएको छ। 

अन्तिममा प्रश्न गरेका सांसद प्रभु साहको प्रश्नमा भने प्रधानमन्त्री केपी ओली रिसाए । वैदेशिक रोजगारमा जानेहरुको विषयलाई उठान गरेका साहको जवाफमा  प्रधानमन्त्रीले भने, ‘म म्यानपावर कम्पनीको मान्छे हो र ?’

वैदेशिक रोजगारमा जाने क्रम आफ्नो सरकारको पालामा आएर मात्र नभई पहिले देखिनै भएको ओलीको भनाइ थियो । 
‘म सरकारमा आएपछि आठ महिनाबाट सुरु भएको हो ? तपाईंले भनेको ७० लाख आठ महिनामा गएका हुन् ?,’ प्रधानामन्त्रीले भने । प्रधानमन्त्रीको जवाफ चित्त नबुझेपछि सांसद साह उठेर प्रशन गर्न थालेपछि सभामुखले रोके । ।

 त्यसपछि प्रधानमन्त्री ओलीले माननीय ज्यू ले राख्नु भएको प्रश्नको जवाफ खासै दिइरहन जरुरी छैन ।आफैँ उत्तर बोकेर आउनु भएको छ, प्रश्नमा मैले धेरै उत्तर दिइरहन परेन भन्दै जवाफ नै नदिइ हिँडे । 

यसैबीच आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले आफ्ना प्रश्नबाट भागेर प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी शासनको उपहास गरेको आरोप लगाएका छन् । संसद् भवन परिसरमै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले लोकतन्त्रमा जनताका प्रश्नको जवाफ दिन सक्नुपर्ने बताए ।

सांसद साहले भने,‘ओली ज्यूले संसद्को अपमान मात्र गर्नु भएन कि  प्रश्नोत्तर भन्ने कार्यक्रमको समेत धज्जी उडाइदिनुभयो ।’ 

आइतबार प्रतिनिधिसभा बैठकमा सांसद साहले ओलीलाई विभिन्न ८ वटा प्रश्न गरेका थिए । प्रधानमन्त्री ओलीले ती प्रश्नहरूको जवाफ दिनुको सट्टा  रोष्ट्रमबाटै आक्रोश पोखेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार