मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
समाचार प्रदेश गण्डकी प्रदेश

मदारबाबा मेलामा नेपाल - भारतका हिन्दू र मुस्लिम दर्शनार्थीको घुइँचो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ६ फागुन, २०८१ मा प्रकाशित
मदारबाबा मेलामा नेपाल - भारतका हिन्दू र मुस्लिम दर्शनार्थीको घुइँचो
नवलपरासी, फागुन ६ :

हिन्दू र मुस्लिम धर्मावलम्बीहरूको संयुक्त आस्थाको केन्द्र मदारबाबा मेला आजदेखि सुरु भएको छ । नवलपरासी (बर्दघाट सुस्तपूर्व)को विनयी त्रिवेणी गाउँपालिकाऔ ६ स्थित दाउन्ने डाँडामा सुरु भएको मेला यही फागुन १४ गतेसम्म सञ्चालन हुने छ ।

मदारबाबा मेलामा नेपाल र भारतका हजारौँ हिन्दू र मुस्लिम भक्तजन आएका छन् । गत शुक्रबारदेखि नै दर्शनार्थी र बजार राख्नेहरूको भीड लागेको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए ।

पूर्वपश्चिम राजमार्गको बर्दघाटबाट २१ किलोमिटर पूर्वमा रहेको मदारथानमा हिन्दूहरूको पर्व शिवरात्रि सुरु हुनुभन्दा एक हप्ताअघिदेखि ठूलो मेला लाग्ने गर्छ । महाशिवरात्रिसम्म सञ्चालन हुने उक्त मेलामा नेपाल र भारतका लाखौँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । मेला व्यवस्थित गर्न मेला क्षेत्रमा सुरक्षा प्रबन्ध मिलाइएको  अध्यक्ष गिरीले जानकारी दिए ।

“मदारबाबा स्थान मुस्लिम समुदायको नेपालकै ठूलो र ऐतिहासिकस्थल हो । विशेषगरी मुस्लिम समुदायको धार्मिकस्थल भए पनि त्यहाँ हिन्दू, बौद्ध धर्मावलम्बी सबैको आगमन हुने गरेको छ”, उनले भने, “यो स्थानको प्रवेशद्वार नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुस्ता गाउँपालिकाऔ २ महलबारीमा र मुख्य समाधिस्थल भने नवलपरासी (बर्दघाट सुस्तपूर्व)को विनयी त्रिवेणी गाउँपालिका मदारी डाँडामा रहेको छ । मदारीडाँडा पैदल यात्रामार्फत पुग्न सकिन्छ ।”

मेलामा महलबारी मस्जिदका मठाधिस अमिरुल्लाह अन्सारी परम्परादेखि मदारी डाँडाको गद्दीमा आसिन हुने परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको विनयी त्रिवेणी गाउँपालिकाऔ ६ का वडाध्यक्ष नुरेन शाहले बताए । गत वर्ष पनि १० लाख भक्तजनले मेला अवलोकन गरेका थिए, यस वर्ष पनि सोही अनुपातमा भक्तजन आउने अनुमान गरिएको उनको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार