
काठमाडौँ, फागुन ६ :
काठमाडौँमा आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु हुँदै छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेलमा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै छ ।
खेल दशरथ रङ्गशालामा बेलुका ६ बजे सुरु हुनेछ । त्यसअघि दिउँसो २ बजे म्यानमार र लेबनानबीच खेल हुनेछ । प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनान सहभागी छन् ।
प्रतियोगिताका लागि विदेशमा रहेका खेलाडीहरू एन्जिला र रेखा आइसकेका छन् भने सावित्रा भण्डारी साम्बा आज आइपुग्नेछिन् ।