
काठमाडौं, फागुन ६ :
मनाङ जिल्लाको भ्राका क्षेत्रमा ३.८ म्याग्निच्युडको भूकम्प भएको छ। नेपाल भूकम्प मापन केन्द्रका अनुसार, सोमबार बिहान ८ बजेर २२ मिनेट जाँदा भूकम्प भएको हो ।
भूकम्पको केन्द्र मनाङ जिल्लाको भ्राकाबाट ५ किमि पूर्वमा रहेको थियो । अहिले सम्म कुनै प्रकारको जनधनको क्षतिको विवरण प्राप्त भएको छैन ।
स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले सबैलाई सावधानी अपनाउन र भूकम्पका कारण हुने संभावित जोखिमहरूको बारेमा सचेत रहन अनुरोध गरेका छन् ।
पछिल्लो समय पश्चिम नेपाल र चीनसँग सीमाना जोडिएका क्षेत्रमा दैनिकजसो ससाना भूकम्प गइरहेको छ । भूकम्पबाट अहिलेसम्म त्यहाँ कुनै मानवीय क्षति भने भएको छैन ।