सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति #नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति
अर्थतन्त्र सेयर बजार

सेयर बजारमा देखियो उत्साह, झन्डै ३० अंकले बढ्दा १० अर्बको कारोबार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ६ फागुन, २०८१ मा प्रकाशित
सेयर बजारमा देखियो उत्साह, झन्डै ३० अंकले बढ्दा १० अर्बको कारोबार
काठमाडौं, फागुन ६ :

सेयर बजारमा उत्साह देखिएको छ । अघिल्लो दिन १९ दशमलव ५६ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज (सोमबार) भने २९ दशमलव ८७ अंकले बढेर २७ सय २७ दशमलव ९१ अंकमा चढेको छ ।

यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ६ दशमलव २७ अंकले बढेर चार सय ५९ दशमलव ६९ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय दुईवटा कम्पनीको एक लाख दुई हजार आठ सय ६१ पटकको कारोबारमा एक करोड ८० लाख ८१ हजार एक सय ६८ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसअनुसार कुल कारोबार रकम १० अर्ब चार करोड ९६ लाख ५४ हजार आठ सय ३२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज (सोमबार) १३ समूहको सेयर कारोबार भएकामा तीनवटा समूहको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन् । जसमध्ये फाइनान्स समूहको सूचक २४ दशमलव ८० अंकले घटेर २९ सय नौ दशमलव ११ अंकमा झरेकामा जलविद्युत् समूहको सूचक पनि ६ दशमलव शून्य सात अंकले घटेर घटेर तीन हजार आठ सय पाँच दशमलव ८० अंकमा झरेको छ ।

यसैगरी व्यापार समूहको सूचक पनि ५५ अंकले घटेको छ । यीबाहेक वाणिज्य बैंक समूहको सूचक भने २९ दशमलव ४४ अंकले बढेर एक हजार तीन सय ८७ दशमलव ८७ अंकमा चढेकामा विकास बैंक समूहको सूचक पनि १९ दशमलव ५० अंकले बढेर पाँच हजार आठ सय १६ दशमलव शून्य ६ अंकमा चढेको छ ।

जीवन बिमा समूहको सूचक एक सय १६ दशमलव ५५ अंकले बढेर १३ हजार एक सय ८६ दशमलव ८५ अंकमा चढेकामा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ३७ दशमलव २५ अंकले बढेर १२ हजार आठ सय ५२ दशमलव ५७ अंकमा चढेको छ ।

यीबाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समूहको सूचक पनि क्रमशः एक सय ५४ दशमलव ९०, शून्य दशमलव २२, ५३ दशमलव ७९, एक सय २८ दशमलव ७०, शून्य दशमलव १० र ५१ दशमलव ८३ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा विन लघुवित्त वित्तीय संस्था परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा सप्तकोसी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने पहिलो स्थानमा नेपाल पुनर्बिमा कम्पनी परेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार