बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

‘नेपालमै अवसर छ भनेर युवापुस्ता अगाडि बढ्नुपर्छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ६ फागुन, २०८१ मा प्रकाशित
‘नेपालमै अवसर छ भनेर युवापुस्ता अगाडि बढ्नुपर्छ’
काठमाडौं, फागुन ६ :

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमै अवसर छ भन्ने हिसाबले युवापुस्ताहरु अघि बढ्न जरुरी रहेको बताएका छन् ।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा केही पनि छैन भन्ने नकारात्मक भाष्यका कारण युवाहरु विदेश पलायन भइरहेको धारणा राखे ।

नेपालमा शिक्षा, स्वास्थ्य र अवसर सिर्जना गर्न सरकारले काम गरिरहेकाले युवाले साथ दिनुपर्ने उनको भनाइ छ । उनले अवसरसँगै नेपालमा स्वतन्त्रता पनि रहेको बताए । कुनै पनि शिक्षा ग्रहण गर्न र रोजगारी गर्न नेपालमा स्वतन्त्रता रहेको महसुस गरेर देश विकासमा लाग्न आग्रह गरे ।

‘धेरै कुरा गर्नुभन्दा पनि खास गरेर अहिलेको जेनेरेसनमा कस्तो छ भने ट्रेन्ड, नेपालमा बसेर के हुन्छ ? भन्ने कुरा छ । यो नेगेटिभ म्यासेजको कुराले भइरहेको हो । हामी पढ्दा र अहिले अपर्चुनिटिज छ । फ्रिडम छ । अघि बढ्न एजुकेसन, अर्ट एन्ड कल्चर, बिजनेस गर्न अवसर छ,’ उनले भने, ‘यसमा तपाईंहरु ध्यान दिएर नेपालमै गुणस्तरीय शिक्षा पाइन्छ र नेपालमै वातावरण बन्छ भन्ने हिसाबले लाग्नुस् ।’

उपप्रधानमन्त्री सिंहले कुनै पनि देशहरु हजारौँ वर्षको मिहिनेत र परिश्रमबाट नै विकासित हुने बताए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार