बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

गैरसरकारी संस्थाले समुदायको चाहना अनुसार परियोजना छनौट गर्नुपर्छ : सभापति देउवा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ६ फागुन, २०८१ मा प्रकाशित
गैरसरकारी संस्थाले समुदायको चाहना अनुसार परियोजना छनौट गर्नुपर्छ : सभापति देउवा
सानेपा, फागुन ६ :

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गैरसरकारी संस्थाले परियोजना छनौट गर्दा स्थानीय समुदायको आवश्यकता अनुसार गर्नुपर्ने बताएका छन्। 

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित एक गोष्ठीमा सभापति देउवाले गैरसरकारी संस्थाहरुको सामाजिक विकासमा महत्वपुर्ण भूमिका रहेको बताए।

उनले नेपालमा सामाजिक सेवा गर्ने संस्थाको स्थिति र विकास फरक–फरक रहेको चर्चा गर्दै, यी संस्थाले समय र सन्दर्भ अनुसार सामाजिक न्याय, लोकतन्त्र, मानवअधिकार, सुशासन, आर्थिक समृद्धि र समावेशी सिद्धान्तमा आधारित अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई अंगिकार गर्दै सरकारको सहयोगीको रूपमा काम गरिरहेको बताए।

सभापति देउवाले गैरसरकारी संस्थाहरुमा सुशासन, पारदर्शिता र आन्तरिक लोकतन्त्रको महत्त्व थप जोड दिए। साथै, जलवायु परिवर्तनका कारण नेपालका हिमाल नाङ्गिरहेकोमा चिन्ता व्यक्त गर्दै, हिमाल जोगाउने अभियानमा गैरसरकारी संस्थाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रणबहादुर रावलले गोष्ठीमा गैरसरकारी संस्थाको रोजगारी प्रवर्द्धन, आर्थिक र सामाजिक क्षेत्रमा पारेको प्रभाव र हालका चुनौतीहरूको बारेमा धारणा राखेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार