
काठमाडौं, फागुन ६ :
काठमाडौँमा आज(सोमबार)देखि सुरु भएको चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा म्यानमारले विजयी सुरुवात गरेको छ।
आफ्नो पहिलो खेलमा म्यानमारले लेबनानलाई ३-१ ले हराउँदै विजयी सुरुवात गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रहँदा म्यानमारले दबाब बनाएर १२ भन्दा बढी प्रहार गरेको थियो, तर लेबनानकी गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए।
दोस्रो हाफमा भने म्यानमारले खेलको नियन्त्रणमा ल्याउँदै विन थेन्गी टुन, सइ एले, र सान थाओ थाउको गोलसँग ३-१ को जित हासिल गरेको छ।
आजको दिनको दोस्रो खेलमा नेपाल र किर्गिस्तान साँझ ६ बजे भिड्दै छन्।