काठमाडौँ, फागुन ६ :

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा घरेलु टोली नेपालले सुखद् सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले किर्गिस्तानलाई १- ० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

नेपालको जितमा विमला चौधरीले गोल गरिन् । उनले खेलको ११औँ मिनेटमा गोल गरिन् । यो जितसँगै नेपालले तीन अङ्क जोडेको छ । अब नेपालले फागुन ८ गते लेबनानसँग खेल्नेछ ।