बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

नेता शेखर भन्छन्- कांग्रेसले सरकारको गतिविधिमा निगरानी राख्नुपर्छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ७ फागुन, २०८१ मा प्रकाशित
नेता शेखर भन्छन्- कांग्रेसले सरकारको गतिविधिमा निगरानी राख्नुपर्छ
काठमाडौं, फागुन ७ :

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले वर्तमान सरकारमा एमालेको प्रभाव बढ्दै गएको आरोप लगाएका छन्।

काठमाडौंमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा कोइरालाले कांग्रेस सत्ता पक्षमा रहेको भए पनि सरकारमा बिस्तारै एमालेको प्रभावमा पर्न थालेको बताए।

उनले सरकारको गतिविधिहरूमा एमालेको प्रभाव बढिरहेको बताउँदै कांग्रेसले सरकारको गतिविधिहरूमा निगरानी राख्नु पर्ने धारणा व्यक्त गरे।

साथै,  कोइरालाले सरकारले संसदमा पेश गरेको सामाजिक सञ्जाल विधेयकको कडा विरोध गरे।  यो विधेयक व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामा प्रतिकूल असर पार्न सक्ने जनाउँदै  विधेयकमा प्रस्तावित नियमनको प्रक्रियाबारे सार्वजनिक बहस र सरोकारवालासँग थप विचार विमर्श गरिनु जरुरी रहेको बताए। 

कुनै पनि हालतमा सरकारले उक्त विधेयक फिर्ता नगरेमा नागरिकको मौलिक अधिकारमा ठुलो आघात पुग्ने उनले चेतावनी पनि दिए। कुनैपनि किसिमको नियमनले अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिको अधिकारलाई दबाउन नहुने उनको भनाइ थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार