बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार राजनीति

नेपालीले मताधिकारको उपयोग गरेकाे दिनको सम्झनामा आज नवौँ निर्वाचन दिवस मनाइँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ८ फागुन, २०८१ मा प्रकाशित
नेपालीले मताधिकारको उपयोग गरेकाे दिनको सम्झनामा आज नवौँ निर्वाचन दिवस मनाइँदै
काठमाडौँ, फागुन ८ :

नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्त्वपूर्ण दिनको सम्झनामा आज (बुधबार) नवौँ निर्वाचन दिवस मनाइँदैछ । 

मुलुकमा प्रजातन्त्र स्थापनाको आठ वर्षपछि विसं २०१५ फागुन ७ गते आमनिर्वाचन भएको थियो । 

संवैधानिक अङ्गका रूपमा रहेको निर्वाचन आयोगले स्थानीय तहदेखि राष्ट्रपतिसम्मको निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा गराउँदै आएको छ । आयोगले वर्तमान संविधान जारी भएपछि दुई पटक प्रतिनिधिसभा तथा प्रदेशसभा र स्थानीय तहको आवधिक निर्वाचन, तीन पटक राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभा सदस्यको विभिन्न निर्वाचन र उपनिर्वाचन सम्पन्न गरिसकेको छ । 

उक्त निर्वाचनमार्फत् जनप्रतिनिधि निर्वाचित भई जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक सङ्घीय शासन प्रणालीको सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह भइरहेको छ । इतिहासका सबै कालखण्ड र राजनीतिक परिवर्तनका हरेक नयाँ उपलब्धिमा मुलुकले अङ्गीकार गरेको शासन व्यवस्था र निर्वाचन प्रणालीलाई संविधान र कानुन बमोजिम निर्वाचनको माध्यमबाट वैधानिकता प्रदान गर्ने संवैधानिक दायित्व पूरा गर्दै आइरहेको छ । 

यसवर्ष ‘निर्वाचनको प्रभावकारिताः आमनागरिकको सहभागिता’ भन्ने मूल नाराका साथ आयोगले आज कान्तिपथस्थित आयोग परिसरमा मूल समारोह आयोजना गर्दै छ । 

दिवसका अवसरमा शुभकामना दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक एवम् कानुनी दायित्व पूरा गर्न आयोग थप क्रियाशील हुनेछ भन्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रमुख आयुक्त थपलियाले असल अन्तर्राष्ट्रिय अभ्यासको समेत अनुशरण गर्दै नेपालको वर्तमान निर्वाचन प्रणाली र प्रक्रियालाई थप प्रभावकारी बनाउन कृत सङ्कल्पित रहेको स्पष्ट पारेका छन् । उनले चौथो पञ्चवर्षीय रणनीतिक योजना, निर्वाचनमा नागरिक संलग्नता नीति, निर्वाचन व्यवस्थापनका लागि सञ्चार नीति, निर्वाचन तथा मतदाता शिक्षा नीति एवं स्थानीय तहबाट मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधिबमोजिम आयोग आगामी दिनमा अघि बढ्ने बताएका छन् ।

प्रमुख आयुक्त थपलियाले निर्वाचन सम्पन्न गराउन राजनीतिक नेतृत्व, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज, गैरसरकारी एवं निजी क्षेत्र, नेपालस्थित कूटनीतिक नियोग, पर्यवेक्षकलगायत निर्वाचनका क्षेत्रमा क्रियाशील निकाय एवं व्यक्ति, सञ्चार जगत र आम नागरिकप्रति कृतज्ञता ज्ञापन गरेका छन् ।

आयोगले निर्वाचनमा आम नागरिकको सहभागिता अभिवृद्धि गर्न स्थानीय तहसँगको सहकार्यमा मतदाताको घर आँगनसम्म नै निर्वाचन तथा मतदाता शिक्षाका कार्यलाई सघन र प्रभावकारी बनाउँदै लैजाने जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार