बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#टक्सारमा सर्वसाधारणको भीड#सुनको असर्फी र चाँदीका मेडालियन#सचिव विक्रम मिश्री#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री #टक्सारमा सर्वसाधारणको भीड#सुनको असर्फी र चाँदीका मेडालियन#सचिव विक्रम मिश्री#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री
समाचार राजनीति

भारतमा रहेका नेपाली विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल बढाउने सरकारको निर्णय

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ८ फागुन, २०८१ मा प्रकाशित
भारतमा रहेका नेपाली विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल बढाउने सरकारको निर्णय
काठमाण्डौं, फागुन ८ :

नेपाल सरकारले भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल बढाउने निर्णय गरेको छ ।

मङ्गलबार बेलुका अबेर बसेको मन्त्रिपरिषद् बैठकमा भैरहवाकी प्रकृति लम्सालको भारतको ओडिसामा मृत्यु भएपछि सिर्जित परिस्थितिलाई ध्यानमा राख्दै नेपाली विद्यार्थीको सुरक्षाको ग्यारेन्टीका लागि कूटनीतिक पहल बढाउनेबारे छलफल भएको बताईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका अधिकारीहरुले आपसी समन्वयमा समस्या समाधानको पहल गरिरहेको जानकारी गराएका थिए ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले लम्सालको मृत्युपछि सिर्जित परिस्थितिबारे छानबिन गर्न ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको जानकारी दिइन् । उनले दिल्लीस्थित दूतावासबाट दुई जनाको टोलीलाई घटनाबारे यथार्थ जानकारी लिन ओडिसा पठाइएको जानकारी समेत गराएकी थिइन् ।  

यसैगरी शिक्षा मन्त्री विद्या भट्टराईले ओडिसाको घटनाबाट प्रभावित विद्यार्थीहरुलाई आकस्मिक सहजीकरण गर्न सहायता कक्ष बनाइएको जानकारी गराइन् ।

आइतबार बुटवल स्थायी घर भइ केआईआईटी कलेजमा अध्ययनरत २० वर्षीय प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार