
फागुन ८ गतेदेखि ११ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा १०औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ ।
प्रदर्शनीमा विभिन्न देशका तीन सयभन्दा बढी कम्पनीहरुका १५० बढी स्टल रहनेछन् । प्रदर्शनीमा निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने प्रदर्शनी र स्टलहरु रहने मिडिया स्पेस सोलुसन्स प्रालिका प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताए ।
उनका अनुसार निर्माण क्षेत्रमा आएका नयाँ-नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले प्रदर्शनी गर्न लागिएको हो । अन्तर्राष्ट्रिय प्रदर्शनीमा कन्स्ट्रक्सन मेटेरियल्स, कन्स्ट्रक्सन मेसिनरी, प्रिफ्याब स्ट्रक्चर, यूपीभीसी विन्डोज मेसिनरी, यूपीभीसी प्रोफाइल, डोर्स एन्ड विन्डोज, आर्किटेक्चर हार्डवेयर, बाथरुम फिटिङ्स, पाइप, टायल्स एन्ड स्यानिटरी वायर, रफिङ, प्रि-इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स, विन्डोजलगायत सामग्री हनेछन् ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचर एक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा आयोजना गरेको प्रदर्शनीले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन र नवीनतम् प्रविधि प्रमुख आकर्षण हुने विश्वास लिएको प्रबन्ध निर्देशक भट्टराईले बताए । उनले प्रदर्शनी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म हुने र ४ दिन सञ्चालन हुने जानकारी दिए । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको र ४ दिनमा ४५ हजार जनाले अवलोकन गर्ने विश्वास लिएको बताए ।
‘नेपाल बिल्डकन इन्टरनेसनल एक्स्पोको १०औं संस्करण फागुन ८ गतेदेखि ११ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुँदै छ । यो बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म हुनेछ । यसमा प्रवेश निःशुल्क रहेको छ । मेलाको तयारीको अन्तिम तयारीमा छौं । मेलामा बिल्डिङ कन्स्ट्रक्स सम्बन्धित सबै कुरा हुनेछन्,’ उनले भने, ‘साथै कन्स्ट्रक्सनमा सबै कुरा हुनेछ । १०औं संस्करणमा हामीसँग १५० कम्पनीको सहभागिता छ । ३ सयभन्दा बढी ब्रान्ड प्रदर्शनीमा हुनेछन् । यो प्रदर्शनी ४ दिनको राखेका छौँ । कन्ट्याक्टर्स, बिल्डर्स, आर्किटेक्ट, इन्जिनियर, इन्टेरियर डिजाइनरलगायत यो क्षेत्रमा काम गरिरहनुभएका डिस्ट्रिब्युटर्स, डिलर्सहरु र घर बनाइरहनुभएका आमनागरिक लक्षित हुनुहुन्छ । ४ दिनमा ४० देखि ४५ हजार जनाले यसको अवलोकन गर्ने अपेक्षा छ ।’
प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्ने विश्वास आयोजकको छ । प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका आर्कीटेक्ट, इन्जिनियरस, कन्ट्रयाक्टर, विल्डर, इन्टेरियर डिजाइनरहरुको उल्लेख्य सहभागिता रहने बताइएको छ । साथै निजी घर बनाउन चाहने, व्यापारिक कम्प्लेक्स, व्यावसायिक भवन बनाउने व्यक्ति तथा संस्था सार्थ आमनागरिकको बढीभन्दा बढी सहभागिता रहनेछ ।