बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति भिडियो

पूर्वराजाको शुभकामना सन्देशले उत्पन्न गराएको राजनीतिक तरंग : कसले के भने ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ८ फागुन, २०८१ मा प्रकाशित
पूर्वराजाको शुभकामना सन्देशले उत्पन्न गराएको राजनीतिक तरंग : कसले के भने ?
काठमाडौं, फागुन ८ :

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशले नेपालको राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ।

उनले राष्ट्र जोगाउने र राष्ट्रिय एकता कायम राख्ने उद्देश्यले सबै देशवासीलाई साथ दिन आह्वान गर्दा केहीले स्वागत गरेका छन् भने ठुला दलका केही नेताहरुले देश हाम्रै मात्र पेवा हो भने जसरी टिप्पणी गरेका छन् ।

उनको सन्देशपछि विभिन्न राजनीतिक दलका नेताहरूले आ-आफ्ना धारणा सार्वजनिक गरेका छन्। सत्तारूढ दलका नेताहरूले पूर्वराजाको सन्देशलाई लोकतान्त्रिक प्रक्रियामा हस्तक्षेपको प्रयासको रूपमा व्याख्या गरेका छन् भने विपक्षी दलका केही नेताहरूले यसलाई वर्तमान सरकारप्रति असन्तुष्टि जनाउने संकेतको रूपमा लिएका छन्।

पूर्वराजाको सन्देशले सामाजिक सञ्जालमा पनि व्यापक चर्चा पाएको छ, जहाँ समर्थक र विरोधीहरूले आ-आफ्ना विचार व्यक्त गरिरहेका छन्। यस घटनाले नेपालको वर्तमान राजनीतिक परिदृश्यमा नयाँ बहसको सुरुवात गरेको देखिन्छ।

संसद्को चौंथो ठुलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले भने पूर्वराजा शाहको विज्ञप्तिलाई स्वागत गरेको छ ।अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजाको सन्देशले  राजसंस्था पुनःस्थापना गर्नुपर्ने आफूहरूको एजेण्डामा थप बल पुर्याएको बताएका छन्।उनले पूर्वराजा शाहद्वारा जारी भिडियो सन्देशले समान विचार भएका पार्टी र व्यक्तिहरुबीच सहकार्य र समन्वयको लागि बाटो खुला भएकोसमेत दाबी गरे ।

राप्रापाले  प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको राजसंस्था पुनःस्थापनको लागि सबै राजनीतिक दलहरूलाई आह्वान गर्ने भएको छ ।

 

यस्तै राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले पूर्वराजाको वक्तव्यलाई साहसिक र प्रशंसनीय भनेका छन्। उनले राप्रपाको कार्यसम्पादन समिति बैठक यथाशिघ्र बस्न आवश्यक रहेको बताएका छन् ।

तर, नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वराजालाई उचालेर राजनीतिक परिवर्तनलाई कमजोर बनाउन खोजिएको टिप्पणी गरेका छन्।

यस्तै, नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले पूर्वराजाको वक्तव्यलाई गम्भीर चुनौतीको रूपमा लिएका छन् ।

शुभकामना सन्देशले विभिन्न राजनीतिक दलका नेताहरू र विश्लेषकहरूबीच बहस र छलफलको वातावरण सिर्जना गरेको छ।  जसले नेपालको राजनीतिक परिप्रेक्ष्यमा नयाँ दृष्टिकोण ल्याएको राजनीतिका जानकारहरु बताउँछन् ।

र यो पनि…

प्रजातन्त्र दिवस : पूर्वराजा ज्ञानेन्द्र शाहले मागे देशको समृद्धिका लागि नागरिकको साथ

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार