बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार कर्णाली प्रदेश

जुम्लाका १२ वडा बालविवाह मुक्त घोषणा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ९ फागुन, २०८१ मा प्रकाशित
जुम्लाका १२ वडा बालविवाह मुक्त घोषणा
जुम्ला, फागुन ९ :

जिल्लाका आठ वटा स्थानीय तहका ६० वडामध्ये १२ वडालाई बालविवाह मुक्त घोषणा गरिएको छ ।

हिमा गाउँपालिकाका ७ वडामध्ये १, २, ३ र ५ नम्बर वडालाई बालविवाह मुक्त घोषणा गरिएको हो । बुधबार एक कार्यक्रमका बीच कनकासुन्दरी गाउँपालिका–४ र ५ पातारासी गाउँपालिका–५, तिला गाउँपालिका–६, गुठीचौर गाउँपालिका–४, सिन्जा गाउँपालिका–२, ४ र ६ लाई बालविवाह मुक्त घोषणा भएका हुन ।

यहाँका स्थानीय तहले प्लान नेपाल, पेस नेपाल, क्याड नेपाल, सर्वोदय नेपाल,किर्डाक, आइएनएफलगायतका गैरसरकारी सङ्घसंस्थासँगको सहकार्यमा ती वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए ।

दिगो विकासका लक्ष्य हासिल गर्ने सरकारको लक्ष्यअनुसार मुलुकलाई सन् २०३० सम्ममा बालविवाह मुक्त गर्न ती संस्थासँग सहकार्य भएको उनको कथन छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार