
ललितपुर, फागुन ९ :
काठमाडौँको दक्षिणकाली नगरपालिका–४ स्थित हात्तीवनमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
डढेलो नियन्त्रण गर्न बुधवार बेलुकीदेखि इलाका प्रहरी कार्यालय फर्पिङको प्रहरी टोली, दक्षिणकाली नगरपालिकाका नगर प्रहरीहरू, स्थानीयवासीहरु खटिएका छन् । आगो बस्तीमा पस्न पाएको छैन । जसले गर्दा कुनै जनधनको क्षति भने भएको छैन ।
स्थानीय किसानले मल बनाउन खेतमा लगाएको आगो सल्केर वनमा पुगेको आशंका गरिएको छ । यद्यपि यसको पुष्टि भएको छैन । प्रहरीले आगलागीको यस घटनाको पनि अनुसन्धान गरिरहेको छ ।
मौसमा हुने परिवर्तन क्रमसँगै देशका विभिन्न स्थानका जंगल र तराईका बस्तीमा आगलागीका घटनाहरु हुने गरेका छन् ।