काठमाडौं, फागुन ९ :

काठमाडौंको हनुमानढोकामा एक पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

अन्दाजी ३५ वर्षीय पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मृतको सनाखत हुन बाँकी रहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए। यद्यपि मृतकको हातमा सुशन शाक्य लेखिएको टाटु देखिन्छ।  

सीसीटीभी फुटेजका आधारमा प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको छ।  उनीहरुले बाँसले हानेर ती व्यक्तिको हत्या गरेको देखिन्छ। घटनाकोबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।