मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार राजनीति भिडियो

परराष्ट्रमन्त्री स्वदेश फिर्ता, भन्छिन्- ओडिसा घटनाको कूटनीतिक तवरबाट समाधान गरियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ९ फागुन, २०८१ मा प्रकाशित
परराष्ट्रमन्त्री स्वदेश फिर्ता, भन्छिन्- ओडिसा घटनाको कूटनीतिक तवरबाट समाधान गरियो
काठमाडौं, फागुन ९ :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएकी छन् । उनी फागुन २ गते ओमन प्रस्थान गरेकी थिइन् ।

ओमनको मस्कटमा आयोजित सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे पत्रकारहरुलाई जानकारी गराउँदै मन्त्री डा. देउवाले आफूले नेपालका तर्फबाट सहभागी भई सम्बोधन गरेको बताइन् । 

उनले ग्लोबल साउथको आवाजलाई थप सशक्त पार्ने सम्बन्धी सत्रलाई सम्बोधन गरेकी थिइन् । सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा सम्मेलनको मुख्य विषय थियो ।

सम्मेलनपछि  मन्त्री देउवाले यूएई, श्रीलंका र ओमनका विदेशमन्त्रीसँगको भेटका क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गर्न सम्बद्ध देशहरुलाई आग्रह पनि गरिन् ।

यस्तै इरानका विदेशमन्त्रीसँगको भेटवार्ताका क्रममा हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन् ।

यसैगरी जापानका विदेश राज्यमन्त्रीसँगको भेटमा नेपालमा गत असोजमा आएको बाढीका कारण क्षति पुगेको बीपी राजमार्गको पुनर्निर्माणका लागि सहयोग गर्न आग्रह गरेकी थिइन् । सम्मेलनमा हिन्द महासागरीय क्षेत्रका ४० देशका विदेश मन्त्रीस्तरीय सहभागिता रहेको थियो ।

यसैबीच,राष्ट्रमन्त्री राणाले ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको मृत्यु प्रकरणपछि विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रुपमा लिएर कूटनीतिक माध्यमबाट समाधान गरेको बताएकी छन् ।

त्यस घटनालाई ओडीसा राज्यले गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरिएको समेत बताइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार