बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ #ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ
समाचार प्रदेश मधेस प्रदेश स्वास्थ्य

आँखाको ज्योति फर्किएपछि ९१ वर्षीय नरबहादुर खड्का मक्ख

· शुक्रबार, १० फागुन, २०८१ मा प्रकाशित
आँखाको ज्योति फर्किएपछि ९१ वर्षीय नरबहादुर खड्का मक्ख
सर्लाही, फागुन १० :

हरिवन नगरपालिका–८ का ९१ वर्षीय नरबहादुर खड्का आँखाको ज्योति फर्किएपछि मक्ख हुनुहुन्छ ।

नेपाल नेत्र ज्योति सङ्घले निःशुल्क सञ्चालन गरेको शिविरमा आँखाको शल्यक्रियापछि उहाँले फेरि संसार देख्न पाउनुभएको हो ।

लामो समयदेखि मोतियाविन्दुको समस्याबाट पीडित उहाँले शल्यक्रिया गरेपछि स्पष्ट देखिएको बताउनुभयो ।  आँखा नदेख्दाको पीडा शब्दमा वर्णन नहुने र अन्धकारबाट पुनः उज्यालोमा फर्कदाको खुशी पनि शब्दमा व्यक्त नहुने उहाँले सुनाउनुभयो ।

ज्येष्ठ नागरिक खड्काजस्तै हरिवन नगरपालिका–३ निवासी रामविलास महतोले पनि ९१ वर्षको उमेरमा आँखाको ज्योति पाउनुभएको छ । आँखाको शल्यक्रिया पछि हिजो पट्टी खोल्नुभएका उहाँले हर्षविभोर हुँदै गहँभरि आँसु पारेर भन्नुभयो । “यो उमेरमा फेरि आँखा देख्न पाइयो भेटिएजस्तै भएको छ,” विपन्न परिवारका उहाँले खर्च अभावमा उपचार गराउन नसकेको दुखेसो गर्नुभयो ।

शिविरमा ९० वर्षका अर्का वृद्ध गणेशमान घिसिङको पनि मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको थियो । शिविरमा एक सय ७५ जनाको आँखाको मोतियाविन्दुको शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको आँखा उपचार केन्द्रले जनाएको छ ।

मोतियाविन्दुको पहिचानको लागि हरिवन र बरहथवा नगरपालिकामा गरी पाँच स्थानमा परीक्षण शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा एक हजार ३७ जनाले स्वास्थ्य सेवा लिएका नेत्र ज्योति सङ्घले जनाएको छ । शिविरमा दुई सय ७० जना मोतियाविन्दुका बिरामी फेला परेका थिए । शिविरमा आएकामध्ये एक सय ५० जनालाई निःशुल्क चस्मासमेत वितरण गरिएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार