काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाँच्ने आधार दिन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा शुक्रबार बिहान कविता शैलीमा स्टाटस पोस्ट गर्दै उनले आफूलाई मेयर हो भन्ने बिर्सिएर नेपाली भएर बाँच्ने आधार बनाइदिन आग्रह गरेका छन् ।
नेपाललाई अमेरिका, भारत र चीनले महत्त्व दिन छाडेको उल्लेख गर्दै बालेनले स्टाटसमा यस्तो उल्लेख गरेका छन् । यसअघि बिहीबार राति मेयर बालेनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पनि कडा खालको स्टाटस लेखेका थिए।
प्यारो प्रधानमन्त्री ज्यु , अमेरिकाले करप्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्,