
काठमाडौं, फागुन १० :
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा दमक नगरपालिका ५ घर भई काठमाडौं महानगरपालिका ७ बस्ने २७ वर्षीय डायमन्ड सम्बाहाम्फेलाई प्रहरीले पक्राउ गरेको छ ।
डायमन्डले चेक रिपब्लिक पठाइदिन्छु भन्दै एकजना पीडितबाट एक लाख ३८ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई बिहीबार काठमाडौं महानगरपालिका ७ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।