पाल्पा, फागुन ११ :

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान   सुरु भएको छ ।

लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयको अगुवाइमा शुक्रबारदेखि पाल्पासहित प्रदेशका  १२ वटै जिल्लाका १७ विद्यालयमा पहिलो चरणको अभियान एकसाथ थालनी भएको हो ।

पाल्पामा स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जनता माध्यमिक विद्यालय तानसेनबाट अभियानको शुभारम्भ गरेका हुन् ।

उनले सोहि विद्यालयमा माध्यमिक तहको शिक्षा अध्ययन गरेका हुन् ।