आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
शिक्षा

विद्यार्थी नै बने काठमाडौँ विश्वविद्यालयका उपकुलपति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २९ साउन, २०८३ मा प्रकाशित
विद्यार्थी नै बने काठमाडौँ विश्वविद्यालयका उपकुलपति
काठमाडौं, साउन २९ :

काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गरिएको हो ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई आज मन्त्रालयमा नियुक्तिपत्र प्रदान गरे । शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले बराललाई उपकुलपति नियुक्त गरिएको हो ।

गत जेठ १९ गते बसेको काठमाडौँ विश्वविद्यालयको सिनेट बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिको सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुङ्गाना र काठमाडौँ विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष एवं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा रहेका थिए ।

बराल काठमाडौँ विश्वविद्यालयको मेकानिकल इञ्जिनियरिङ विभागका प्राध्यापक हुन् । उनी काठमाडौँ विश्वविद्यालयमा अध्ययन गरी सोही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति हुन्। उनी विश्वविद्यालयको इञ्जिनियरिङतर्फको दोस्रो ब्याचका विद्यार्थी थिए ।

उनले काठमाडौँ विश्वविद्यालयबाट मेकानिकल इञ्जिनियरिङमा स्नातक, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्यूजील्याण्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन् । बरालको विशेषज्ञता इन्धन तथा ऊर्जा, दहन विज्ञान तथा वातावरणीय प्रदूषण, ‘थर्मोफ्लुइड इञ्जिनियरिङ’ र ‘कम्प्युटेसनल फ्लुइड डाइनामिक्स’मा रहेका छन् । उनी उपप्राध्यापक र सहप्राध्यापक हुँदै प्राध्यापक बनेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार