काठमाडाैं, फागुन ११ :
नेकपा एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठक काठमाडौँमा जारी छ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेशहरू, तथा समसामयिक राजनीतिक विषयहरूमा विस्तृत छलफल भइरहेको छ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, ललितपुरमा जारी बैठकमा पार्टीका शीर्ष नेताहरूले विभिन्न विषयमा आफ्ना धारणा राखिरहेका छन्। शुक्रबारको बैठकमा ११ जना केन्द्रीय सदस्यले आ–आफ्ना विचार व्यक्त गरेका थिए।
बैठकमा नेताहरूबीच पार्टीभित्र देखिएको असन्तुष्टि, कार्यशैली, संगठन सुदृढीकरणलगायत विषयमा बहस भइरहेको छ।